मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको देवान्गजन गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन्।
उनीहरूले चैत १० गते मोरङस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरको मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए।
चोरी भएको उक्त मोटरसाइकलका धनी मोरङको बेलबारी नगरपालिका–४ का ६० वर्षीय बम बहादुर खवास हुन्।
मोटरसाइकल चोरी गरी बिआर ३५८०२ उल्लेख भएको भारतीय नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कागजपत्र नहुन सक्ने आशंकामा चेकजाँच गर्दा चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरिएको पाइएको डिएसपी दाहालले जानकारी दिए।
प्रहरीले चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको बिआर ३८ क्यु ८६५६ र बिआर ३८ टि ००२१ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनाविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको डिएसपी दाहालले जानकारी दिए।