बिहीबार काठमाडौंको बालाजुमा बाइसधारा मेला लागेको छ। बालाजुमा रहेका २२ धारामा स्नान गर्न मानिसहरूको घुइँचो लागेको छ।
प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका उक्त ठाउँमा मेला लाग्ने गर्छ।
बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्छन।
मेला भर्ना आएकामध्ये केही भक्तजनहरू जामाचोमा रहेको बौद्ध चैत्यमा पनि जाने गर्दछन्। अघिल्लो दिन बौद्धनाथ चैत्यमा मेला भर्न आएका भक्तजनसमेत त्यहाँ आएर स्नान गरी स्वयम्भूमा दर्शन गर्न जाने प्रचलन छ।