प्रहरीले सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ।
शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका २३ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र १२ जना पुरूष छन्।
‘उहाँहरूले सिंहदरबार अगाडि प्रदर्शन गरिरहनुभएको थियो,’ उनले भने, ‘अहिले हामीले उहाँहरूलाई नियन्त्रणमा लिएर प्रदर्शनी मार्गको कार्यालयमा राखेका छौं।’
मिटरब्याजीविरूद्ध पीडितहरू प्रदर्शनमा उत्रिएका थिए।