समाज डेन्टल हस्पिटलको ९ औं शाखा जोरपाटीमा खुलेको छ।
'दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता' भन्ने उद्धेश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औं शाखाले आजदेखि जोरपाटी बौद्धमा आफ्नो सेवा सुरू गरेको हो।
समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध–जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा विस्तार गरेको हो।
शनिबार एक विशेष कार्यक्रम गरी गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सेवाको उद्घाटन गरे।
उद्घाटनका दिन सम्पूर्ण सेवामा ५०% छुट र बाँकी चैत र वैशाख महिनाभरि १५ % छुट दिने हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।
प्रबन्धक घिमिरेले ऐतिहासिक धार्मिक, सांस्कृतिक सहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे।