विगत ३५ वर्षदेखि शैक्षिक सामग्री प्रकाशन गरेर विशिष्ट पहिचान बनाएको निमा पुस्तक प्रकाशनले अब मेडिकल प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
चिकित्सा क्षेत्रको एमबिबिएस, बिडिएस, नर्सिङ, पारामेडिकल शैक्षिक कोर्सहरूको तयारी कक्षा सञ्चालन काठमाडौंको प्रदर्शनीमार्गस्थित निमा मेडिकल इन्ट्रान्स प्रिपेरेसनको भवनमा हुने छ।
विगतमा विभिन्न संस्थामा आबद्ध भएका प्रतिष्ठित विज्ञहरूले एमबिबिएस, बिडिएस, नर्सिङ, पारामेडिकल शैक्षिक कोर्स लगायतका प्रवेश परीक्षाका लागि लक्षित गरेर सूक्ष्म अध्यापन गराउने र उत्कृष्ट नजिता निकाल्ने निमाको प्रतिबद्धता रहेको छ।
अध्यापनमा प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रूपमा परामर्शको अवसर दिइने छ। यस्तै नेपाल तथा भारतका अनुभवी विज्ञहरूबाट कक्षाहरू सञ्चालन हुने छन्। विद्यार्थीहरुलाई निःशुल्क इ–बुक, साप्ताहिक नमुना परीक्षा र एकाइ परीक्षामा सहभागी हुने अवसर हुने छ।
विगत चार महिना अघि संस्थाद्धारा निःशुल्क रूपमा भौतिक र अनलाइन कक्षा सञ्चालनमा रहेको थियो। उक्त कक्षामा सहभागी एक जना विद्यार्थीले प्रथम स्थानमा छात्रवृति र अन्य बाह्रजना विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षामा पूर्ण छात्रवृति प्राप्त गरेका छन्।
विद्यार्थीको आवश्यकता र चाहनालाई मध्यनजर गरी भौतिक तथा अनलाइन कक्षा पुनः सञ्चालन गरिने बताइएको छ। अध्यापन र अध्ययनलाई प्रभावकारी बनाउन अडिओ–भिडिओ शिक्षण, विशिष्ट कक्षा सञ्चालन र ४० हजारभन्दा बढी बहुवैकल्पिक प्रश्नोत्तरको समेत अभ्यास गराइने छ।