चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अघि बढाएको भन्दै प्रदर्शन भएको छ।
मंगलबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षाका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेशको अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रिया अघि बढाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरूले प्रदर्शनमा एप्रोन लगाएर नारा लेखिएका ब्यानरहरू बोकेका थिए।
मेरिटोक्रेसी कता छ हामी यता छौं, हिजो हजुरहरूको पीडामा हामी मलम बन्यौ आज हाम्रो दुखमा हजुर कलम बनिदिनुस्, मिहेनत र मेरिटको सम्मान गर, दादा (गिरी) बन्द गरौं सर्वोच्चको फैसलाको कदर गरौं लगायतका नारा लेखेर विद्यार्थीहरु उपस्थित भएका हुन्।
यस विषयमा अनेरास्ववियु विद्यार्थी संगठनका अध्यक्ष समिक बडालले आयोगमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन्।
तस्बिरहरू: