नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा भएको छ।
सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले दुई जना डिआइजीको सरूवा गरेको हो।
प्रहरीको केन्द्रीय प्रवक्ता रहेका डिआइजीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरूवा भएको हो।
यस्तै योजना तथा अन्वेषण निर्देशनालयमा रहेका डिआइजी रामदत्त जोशीको विशेष ब्युरोमा सरूवा भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मीरा चौधरी र विशेष ब्युरोमा सुदीप गिरी थिए। दुबै जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएसँगै ती ठाउँ रिक्त थिए।
प्रधान कार्यालय रिक्त रहेका डिआइजीका १३ वटा पदमा पनि केही दिनमै बढुवा गर्ने तयारी गरेको छ।