ललितपुरका म्यादी प्रहरी आन्दोलनमा उत्रिएका छन्।
सरकारले दिएको सेवा सुविधा कम भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले आज जावलाखेलमा प्रर्दशनसमेत गरे। सरकारले उनीहरुलाई ५१ दिनको ५२ हजार २ सय ५४ रुपैयाँ सेवा सुविधा दिएको थियो।
तर उनीहरुले त्यो अपुग भएको भन्दै जावलाखेलमा प्रर्दशन गरे। ललितपुरका डिएसपी इश्वर कार्कीले ५० जना जतिले सेवा सुविधामा असन्तुष्टि जनाएको बताए।