अन्नपूर्ण गाउँपालिका–५ शिखको किन्दुस्थित घारखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
कादुरी एग्रीकल्चर एड एसोसियसन, ब्रिटिस गोर्खाज नेपाल परियोजनाको सहयोगमा पुल निर्माण भएको हो । ७७ मिटर लामो सो पुल निर्माण गर्न कादुरीले ४७ लाख ४४ हजार ७५६ रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ ।
पुल निर्माण भएपछि शिखको किन्दु, झारवाङ, लिस्नेखर्कका एक सय घरधुरी बासिन्दा लाभान्वित भएका वडा अध्यक्ष दिनेशकुमार पुनले जानकारी दिए।
यसअघि सो स्थानमा झोलुङ्गे पुल नहुँदा शिख आउन जानका लागि स्थानीय बासिन्दालाई समस्या हुने गरेको थियो । रासस