कर्तब्य ज्यान मुद्दामा फरार भएका २ जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मनाङ १ का कर्म गुरुङ र काठमाडौं स्वयम्भुका कर्म छिरिङ शेर्पालाई पक्राउ गरेको हो।
उनीहरुले २०५७ साल कात्तिक १८ गते राती ठमेलमा रहेको जुली ५४ डिस्कोमा खानपानका लागि गएका पुरानो बानेश्वरका सुर्वण गुरुङको धारिलो हत्या प्रहार गरी हत्या गरेका थिए।
डिस्कोमा उनीहरुवीच विवाद भएपछि शेर्पा, गुरुङ र राजु घलेले उनको हत्या गरेका थिए। घलेलाई भने प्रहरीले ९ महिनाअघि पक्राउ गरिसकेको छ।