शैक्षिक भ्रमण नलगेको भन्दै ललितपुर महानगरपालिका–१४ ताल्चीखेलस्थित कसमस कलेजका विद्यार्थी तोडफोडमा उत्रिएका छन्।
तोडफोड गर्ने कार्यमा संलग्न ११ जना विद्यार्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
सो कलेजका इन्जिनियरिङ तर्फका ब्याचलर तेस्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुले शिक्षक भर्ना र टुर लैजानुपर्ने बिषयलाई लिएर कलेजमा तोडफोड गरेको डिएसपी इश्वर कार्कीले बताए।
६ वटा झ्यालको शीशा, स्ट्याण्ड फ्यान १ थान, टेलिफोन १ थान, टेबुल २ थान समेतका बिभिन्न सरसामान तोडफोड भएको उनले बताए।