थाइ दूतावासमा काम गरेर भिसा वापतको ८२ लाख लिइ फरार हुने २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। थाइ दूतावासको भिसा शाखामा काम गरेर रकम लिइ भाग्ने सुचित्रा शर्मा गौतम र शोभना श्रेष्ठ प्रजापतिलाई सिआइबीले पक्राउ गरेको हो।
उनीहरुले थाइ दूतावासमा सन् २००३ देखि १ वर्ष काम गरेका थिए। भिसा वापतको रकम ८२ लाख ५५ हजार ५ सय ५० रुपैयाँ नबुझाई उनीहरु जागिर छाडेर भागेका थिए।
काठमाडौंमा लुकेर बस्दै आएका अवस्थामा गौतमलाई बानेश्वर र प्रजापतिलाई बबरमहलबाट पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिइन। अदालतले प्रतिब्यक्ति चार चार लाख धरौटी मागेपछि उनीहरु बुझाएर आजै रिहा भएका छन्।