पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लिक भए पछि झापाको गौरादहमा सोमबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह ९ का ५२ वर्षीय डाकमशेर गिरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
गिरीलाई बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको थियो। निर्माणाधिन घरको वालमा पानी लगाएर भिजाउने क्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दमक प्रहरी प्रमुख डिएसपी राजन लिम्बूका अनुसार करेण्ट लागेर गम्भीर घाइते गिरीको उपचारका लागि दमक ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो।