सरकारले दिएको तीन लाख रुपैयाँ अनुदान लिएर २८ हजार बढी भूकम्पपीडितले घर बनाएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार असार ९ गतेुसम्म भूकम्पप्रभावित १४ जिल्लामा २८ हजार ६ सय पाँच घर पुनर्निमाण भएका छन्।
प्राधिकरणले ९३ हजार ९ सय ३० घरको निर्माण कार्य सुरु भएको ५७ हजार ६५४ जनाले दोस्रो किस्ताको लागि आवेदन दिएको जनाएको छ।
ती १४ जिल्लामा ५ लाख ५७ हजार ४ सय ६१ जना घर बनाउन प्राधिकरणसँग अनुदान सम्झौता गरेका छन् भने ५ लाख ४४ हजार ९ सय ९६ जनाले पहिलो किस्ता पाइसकेका छन्।
प्राधिकरणले २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा परी घर भत्केका ६ लाख २६ हजार ६ सय ५६ परिवारलाई लाभग्राहीको सूचीमा राखेको छ।