पाकिस्तानमा तेल बोकेको दुर्घटनाग्रस्त ट्यांकर विष्फोट हुँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
पाकिस्तानको बहावापुर शहरमा अाइतबार उक्त घटना भएको हो।
दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल बटुल्न मानिसको भीड लागेका बेला ट्यांकर बिष्फोट भएको थियो। घटनामा दर्जनौं घाइते भएको सञ्चारमाध्यमले बताएका छन्।
अहिले अग्निनियन्त्रक आगो निभाउन प्रयास गरिरहेका छन्।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको समयमा ट्यांकरको गति अत्याधिक थियो।
दुर्घटनास्थलमा मानिसहरु चुरोट खाइरहेका थिए जसबाट आगो सल्किएको हुनसक्ने केहीको अनुमान छ।
मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।