शुक्रबार नारायण–मुग्लिन सडक खण्डमा आएको पहिरोमा पुरिएर बेपत्ता भएका प्रहरी जवान लीलबहादुर चेपाङको शव फेला परेको छ।
आइतबार दिउँसो पौने चार बजे देवलचुली नगरपालिका–१७ रजहरमा नारायणी नदीमा बगिरहेको बेला प्रहरीले तामाङको शव भेटाएको हो।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार केही समय अघि नारायणी नदीमा उनको शव बगिरहेको देखेपनि नदीको बहाव तीव्र भएकाले प्रहरी शवलाई पछ्याउँदै गएको थियो।
‘नदीको बहाव कम भएको ठाउँमा हामीले उनको शव समात्न सक्यौं’, एसपी थापाले भने। पहिरोमा पुरिएका अर्का प्रहरी जवान सन्दीप कार्कीको अवस्था अझै अज्ञात छ।
शुक्रबार कालीखोलामा आएको पहिरोबारे बुझेर फर्कने क्रममा प्रहरीको भ्यानलाई नै पहिरोले पुरेको थियो। घटनामा परी सोही दिन दुई प्रहरीको ज्यान गएको थियो।