मुग्लिन नारायणगढ सडकखण्ड फेरि पनि अवरुद्ध भएको छ। यहाँ केही समय यता निरन्तर पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढीरहेको छ।
मुग्लिन नारायणगण बीचको टोपेखोला नजिक पहिरो गएपछि उक्त सडकमुग्लिन नारायणगढ सडकखण्ड खण्ड अवरुद्ध भएको हो।त्यहाँ निकै लामो सवारी जाम भैसकेको छ।
मुग्लिन नारायणगढ सडक विस्तार निरिक्षण गर्न गएको संसदको विकास समिति सदस्यको टोली पनि त्यहि जाममा परेर अड्कीएका छन्।
पहिरो पन्छाउने काम सुरु भैसकेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन अझै एक डेढ घण्टा लाग्ने बताइएको छ।