अछामको मल्लेख गाउँपालिका–८ डुङ्गीमा घरमा सुतिरहेकी एक बालिकालाई बाघले तानेर लैजादाँ मृत्यु भएको छ।
गोपाल भुलकी छोरी १३ वर्षीया पवन भुलको आज विहान १ बजेतिर घरभित्रै सुतिरहेको अवस्थामा पाटेबाघले तानेर लगेको डिएसपी निरन्जन दत्त भट्टले सेतोपाटीलाई जानकारी दिए।
घरमा आमा–छोरी सुतिरहेको अवस्थामा अचानक आएको बाघले तानेर करीव १ सय मिटर टाढा लगेको उनले बताए। गर्मी धेरै भएकाले घरको ढोका नलगाइ सुतेको बालिकाको परिवारजनले बताएका छन।
बाघ घिर्सादै लग्दा आमा चिच्याएपछि स्थानीयबासीले हो–हल्ला गरेपछि बाघले बालिका छाडेर भागेको डिएसपी भट्टले बताए। बाघले घिर्सादा बालिकाको घाँटीमा गम्भीर चोट देखिएको छ।