विभिन्न बैंकहरूबाट १५ हजार करोड रूपैयाँभन्दा बढी ऋण लिएर लण्डन भागेका भारतीय व्यापारी विजय माल्यालाई भारत ल्याउने प्रयास जारी छ। रक्सीको कारोबार गर्ने माल्याको आज बिहीबार लण्डन अदालतमा सुनुवाइ हुने भएको छ। सुनुवाइमा भारत सरकाले आवश्यक कागजात पेश गर्ने बताइएको छ।
विदेश मन्त्रालयको पहलमा कही महिना अघि बेलायतमा माल्यालाई पक्राउ गरिएको भएपनि उनी जमानतमा छुटेका थिए।
तर, बुधबार पिएमएलए (मुद्रा निर्मलीकरण विधेयक) अदालतले माल्याविरूद्ध गैर-जमानती पूर्जी जारी गरेपछि माल्याको समस्या बढेको छ। यो माल्याले आइडीबीआइबी बैंकबाट लिएको १५ सय करोड रुपैयाँ ऋणको मुद्दा हो।
गत जून १३ मा लण्डनको वेस्ट मिन्स्टर अदालतले माल्याको मुद्दाको सुनुवाइ गरेको थियो जसपछि डिसेम्बर ४ मा उनले जमानत पाएका थिए।
माल्या ऋण तिर्न नसकेपछि सन् २०१६ मै भारत छाडेर लण्डन बस्दै आएका छन्।