नेपाल प्रहरीका पूर्व आइजिपी खड्गजित बरालको नाति पुजनले म्यादी प्रहरीमा रहँदा पाएको तलब भत्ता प्रहरी कोषमा नै जम्मा गर्ने घोषणा गरेका छन्। उनले म्यादी प्रहरीबाट पाएको सबै तलब ७८ हजार ८ सय ६३ रुपैयाँ प्रहरी स्मारक गुठीमा जम्मा गर्ने बताएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए।
स्थानीय निकायको पहिलो चरणको चुनावमा उनी काठमाडौंबाट म्यादी प्रहरीमा भर्ती भएका थिए। पुजनले प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आफूले पाएको तलब प्रहरी कोषमा नै जम्मा गर्न लागेका हुन्।
उनका बाबुआमा दुवै जना डाक्टर हुन् । बाबु डा. रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा ज्योति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रशूति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन्।