आउने शनिबार, आइतबार र सोमबार राजधानीका विभिन्न स्थानमा साढे चार घन्टा बिजुली नआउने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार सबस्टेसन अटोमेसन सिस्टमसम्बन्धी काम गर्नु पर्ने भएकाले असार ३१ गते बागमती र धोबीखोला क्षेत्रमा बिहान ८ बजेदेखि साढे १२ बजेसम्म बिजुली आउने छैन भने नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र शंखमुल क्षेत्रमा दिउँसो साढे १ बजेदेखि ६ बजेसम्म बिजुली जानेछ।
त्यस्तो साउन १ गते बानेश्वर र कोटेश्वर क्षेत्रमा दिउँसो साढे १ बजेदेखि ६ बजेसम्म बिजुली जानेछ। साउन २ गते इमाडोल क्षेत्रमा बिहान ८ बजेदेखि साढे १२ बजेसम्म बिजुली आउने छैन।
ती स्थानमा केहीबेर आकस्मिक रुप पनि केहीबेर बत्ती जान सक्ने प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ।