जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रले खजुरा गाउँपालिका–३ की एक हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।
पीडित ६५ वर्षीया विष्णुमाया नेपाललाई १३ हजार नगद प्रदान गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए।
उनका अनुसार हरेक तीन–तीन महिनामा एकजना हिंसापीडित महिलालाई आर्थिक सहयोग गर्ने कार्यक्रमअन्तर्गत नेपाललाई सो आर्थिक सहयोग गरिएको हो । रासस