सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले स्थानीय बासिन्दाको चाहना विपरीत नरपानीमा सञ्चालन गरिएको चुनढुंगा खानी बन्द गरिने बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले यहाँ आज आयोजना गरेको कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख भुसालले नरपानीस्थित चुनढुंगा खानीलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिने बताए।
चुत्राबेशी बजार नजिक बागीखोलामा आकाशे पुल र सुपादेउराली मन्दिरमा केबलकारको व्यवस्था गरिने उनको भनाइ थियो ।
यस्तै नगर उपप्रमुख ठाकुरकुमार विकले कृषि उत्पादन हुने क्षेत्रमा माटो परीक्षण गरेर माटो सुहाउँदो खेतीमा जोड दिइने बताए। रासस