बरिष्ठ पत्रकार युवराज घिमिरेले अन्नपूर्ण पोष्टको प्रधानसम्पादकबाट राजीनामा दिएका छन्।
करिब ३ वर्ष अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक रहेका घिमिरेले शुक्रबार राजीनामा दिएका हुन्। ‘मैले तीन वर्ष काम गरें, यसबीच आफ्नो टिमका तर्फबाट मैले दिन सक्ने जति दिएँ, अब नयाँ व्यक्तिले यो जिम्मेवारीलाई निरन्तरता देओस् भनेर मैले छाडेको हुँ,’ घिमिरेले भने।
घिमिरे यसअघि कान्तिपुर, द काठमान्डु पोष्ट, राजधानी दैनिक र समय साप्ताहिकका प्रधानसम्पादक भइसकेका छन्। घिमिरे सेतोपाटी अनलाइनमा पनि केही समय प्रमुख लेखक तथा टिप्पणीकारका रूपमा आवद्ध थिए।