पूर्वराजा ज्ञानेन्द्र शाह तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
मुटुमा समस्या देखिएपछि शाह गत ४ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका थिए। उनलेको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नसामा अवरुद्ध देखिएको थियो।
अस्पतालमा शाहको एन्जियोप्लाष्टी गरिएको थियो। उनको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएकोले उनको डिस्चार्ज गरिएको सहयोगी फणिन्द्र पाठकले जारी गरेको विज्ञप्ति उल्लेख छ।
ज्ञानेन्द्रले आफूलाई स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन्।