व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले मोबाइल र टेलिफोन सुविधान नपुगेका १५ गाउँपालिकामा तत्काल सुविधा विस्तार गर्न दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
समितिको शुक्रबार बसेको बैठकले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन र दुरसंचार सेवा नपुगेका देशका १५ गाउँपालिकाहरुमा तत्काल सेवा विस्तार गर्न निर्देशन दिएको हो।
त्यस्तै समितिले नेपाल टेलिकमले उपलब्ध गराएको एडिएसएल इन्टरनेट सेवालाई सबै क्षेत्रमा सर्वसुलभ उपलब्ध हुने व्यवस्था मिलाउन र सस्तो र गुणस्तरयुक्त सेवा उपलब्ध गराउन तथा नेपाल टेलिकमले सरकारी विद्यालयहरुमा निःशुल्क एडिएसल इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल सरकारसँग बजेट माग गरी कार्य प्रारम्भ गर्न निर्देशन दिएको छ।