लमजुङ-कास्कीको सिमानामा रहेको रुदी खोला र मादी नदी दोभानमा बनाइएको पुल भाँचिएर बस दुर्घटना भएको छ।
खराबाट लमजुङ रामबजार जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको बस दुर्घटना हुँदा एक जना वेपत्ता भएका छन्।
३५ यात्रु सवार भएकामा दुई जनाको अवस्था निकै गम्भीर रहेको र अन्य केही घाइते भएका प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई उपचारका लागि पोखरा र लमुजुङ पठाइएको छ।
यो मोटरबेल पुल करिब ३ वर्ष अघि मात्र बनाइएको हो।
घटनाबारे थप विवरण आउन बाँकी छ।