सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये रमिला खपाङ्गी र उनको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंको टाटा सुमो विपरीत दिशाबाट आइरहेको गाडीलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नकुल पोख्रेलले जानकारी दिए । रासस