अल्का अस्पतालले प्रहरीका गाडीमा प्राथमिक उपचार बक्स (किट बक्स) राखिदिएको छ। ललितपुर प्रहरी परिसरमा रहेका प्रहरी गाडी र परिसर मातहतमा रहेका ४० वटा गाडीमा प्राथमिक उपचार बक्स राखिदिएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए।
किट बक्समा प्राथमिक उपचार गर्नका लागि चाहिने उपकरण र औषधि २५ प्रकारका छन् । प्रहरीलाई समस्या परेको बेला प्रहरीकै लागि र अन्य दुर्घटना हुदाँ प्रहरी नै पहिले पुग्ने हुदाँ प्रहरीले पनि प्राथमिक उपचार सेवा दिन सकोस भनेर प्रहरी गाडीका किट बक्स राखिएको थापाले बताए।
विस्तारै काठमाडौं र भक्तपुरका प्रहरी गाडीमा पनि किट बक्स राख्ने योजना रहेको बताए। अल्का अस्पतालले यस अघि उपत्यकाका ट्राफिक प्रहरीलाई पनि प्राथमिक उपचार बक्स प्रदान गरेको थियो ।
त्यस्तै गाडीमा किट बक्स राखेपछि अल्का अस्पतालले प्रहरीहरुलाई प्राथमिक उपचार सम्बन्धि २ दिने तालिम दिने भएको छ ।