प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपाल भ्रमणमा रहेको बंगलादेशको नेशनल डिफेन्स कलेजको भ्रमण दलका प्रमुख हवाई सुरक्षा उपप्रमुख एम सनाउल हकले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।
सो अवसरमा उनीहरुबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटवार्तापछि भ्रमण दललाई युद्ध कार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारीमूलक ब्रिफिङ गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
हकको नेतृत्वमा २४ सदस्यीय भ्रमण नेपाल भ्रमणको सोमबार लागि काठमाडौँ आएको हो । टोलीले नगरकोटस्थित सैनिक वार कलेज तथा पोखरास्थित पश्चिम पृतनाको निरीक्षण भ्रमण गर्ने छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस