राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना सेनाको मातहतमा आएको छ।
शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा सेनाका इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख प्रविधिक उपरथी योगेन्द्र बहादुर खाँणलाई सडक विभाग मातहतका आयोजना प्रमुख सत्येन्द्र शाक्यले हस्तान्तरण गरेका हुन।
आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्पmबाट आयोजनामा खटिएका सैनिक अधिकारीको उपपस्थिति थियो।
गत वैशाख २१ गतेको मन्त्रिपरिषद्को बैठकले द्रुतमार्ग निर्माण गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो।