मुसिकोट नगरपालिकाको वडा नं ७ स्थित दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि आज बिहान परियोजना अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण बसेरीमा झण्डै २०० मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए।
विद्युत् नहरको निर्माणकार्य तथा मर्मत संहार गरी सञ्चालन गर्न अझ केही दिन लाग्ने उनले बताए।
८५ किलोवाट क्षमता भएको सो विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका ९०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।
विद्युत् अवरुद्धपछि कलकारखाना उद्योगधन्दा, सञ्चार क्षेत्र प्रभावित भएका छन् । रासस