ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन्।
मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ।
ताइवानको स्थानीय समाचारमाध्यमले जनाएअनुसार ताइवानमा उग्र गर्मी भएका बेला बिजुली गएको थियो।
बिजुली गएपछि ट्राफिक जाम हुनुका साथै सपिङ मल तथा पसल सबै अन्धकार भएका थिए। आपूर्ति प्रविधिमा खराबी आएकाले विद्युत प्रवाह उपकरण बन्द भएको थियो।
मन्त्री कुङ लीले एक पत्रकार सम्मेलन मार्फत् माफी माग्दै राजीनामा दिएका हुन्।
ताइपेइ, ताइचुङ, ताइनान र अन्य तीन शहरमा करिब ६६ लाख ८० हजार परिवार यो घटनाबाट प्रभावित भएका थिए।