आन्दोलनरत आंशिक प्राध्यापकहरूले कोठाभित्र थुनेका त्रिविका उपकुलपतिसहित तीन पदाधिकारी प्रहरी हस्तक्षेपपछि मुक्त भएका छन्।
मंगलबार साँझ जनप्रशासन क्याम्पस बल्खुमा त्रिविका उपकुलपति, रजिष्टार र रेक्टरलाई अान्दोलनरत अांशिक प्राध्यापकले थुनेका थिए। 'हामी वार्ता गर्न बसेका थियौं तर कुरा मिलेको थिएन,' आंशिक प्राध्यापक बिष्णु बस्यालले सेतोपाटीसँग भने, 'एकाएक प्रहरी र सशस्त्र अाएर हाम्रा साथीमाथि लठ्ठी बर्साउन थाले। त्यही बेलामा त्रिविका पदाधिकारी पनि बाहिर निस्केर जानुभो।आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्नु पर्ने माग गर्दै २९ दिनदेखि देशभरिका आंशिक प्राध्यापक उपकुलपति कार्यालयको गेटमा रिले अनसन बसेका छन्।
सरकारसँग २०६५ मै आंशिकलाई करार बनाउने सम्झौता भएको तर सम्झौता अहिलेसम्म पनि लागु नभएकाले अान्दोलन गर्नुपरेको उनीहरूले बताएका छन्।