धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गतवर्ष विपन्न नागरिक औषधि उपचार कोषमार्फत पूर्वी नेपालका ७७१ जना जटिल रोगबाट पीडित नागरिकहरुको उपचार गरेको छ ।
विशेषगरी मुटु, मिर्गौला, फोक्सो, स्पाइनल इन्जुरी, क्यान्सर, मधुमेह, अल्जाइमर्स र पार्किन्सन जस्ता रोगबाट पीडित भएका नागरिकलाई राज्यले उपचार गर्ने स्वास्थ्य नीतिबमोजिम ती रोगीको उपचार गरिएको प्रतिष्ठानले जनाएको छ ।
पूर्वी नेपालका विभिन्न जिल्लाबाट सिफारिस भई आएका ती बिरामीले रु चार करोड ४० लाख ३१ हजार बराबरको उपचार सेवा पाएका छन् । सरकारको विपन्न औषधि उपचार कोषबाहेक प्रतिष्ठानमा उपचारका लागि आएका विभिन्न जिल्लाका अन्य रोगीको अवस्था हेरी प्रतिष्ठान आफैँले तीन करोड १२ लाख ६१ हजार ?k}ofF बराबरको औषधोपचार गरेको पनि प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।
त्यस अवधिमा प्रतिष्ठानले सबैभन्दा बढी गरिब उपचार कोषबाट २३४ मुटु रोगी, १३४ क्यान्सर र २८५ जना मिर्गौला रोगीको सफल उपचार गरेको जनाएको छ । रासस