सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना तय भई फरार १० जना अभियुक्त एकैदिन पक्राउ परेका छन् ।
कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतमा बुझाएको छ ।
प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहादुर माझी, बाबुराम माझी, सन्तोष माझी, चैतुदेवी थरुनी, अशोक माझी, शुकनारायण माझी, सुनिल विष्ट र सुयोग कार्कीलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरी निरीक्षक शान्तबहादुर कार्कीले जानकारी दिए।
जिल्ला अदालत सुनसरीले आग्रह गर्दै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई पक्राउ गरी सहयोग गर्न गरेको आग्रहअनुसार पक्राउ गरेर अदालतलाई बुझाएको इप्रका पकलीले जनाएको छ । रासस