भारतीय नम्बर प्लेटको स्कुटीले ठक्कर दिँदा झापा शिवसताक्षी ८ झिलझिलेका मुन्ना गुप्ताको मृत्यु भएको छ ।
काकडभिट्टाबाट बुधबार साँझ झिलझिले आउने क्रममा नम्बर प्लेट नखुलेको मोटर साईकलमा सवार गुप्ताको भारतीय स्कुटीले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ। नियमविपरित राजमार्ग पार गर्देगरेको डव्ल्युवी ७४ एवी ३३८४ नम्बरको स्कुटीलाई जोगाउने क्रममा गुप्ता सवार मोटर साईकल सडकमा लडेको थियो। गुप्ता सवार मोटर साईकल शिवसताक्षी ८ झिलझिलेका सन्तोष लामाले चलाउँदै थिए। लामा सामान्य घाईते भएका छन्।
काकडभिट्टाबाट अघिपछि हुँदै आएको स्कुटीले एक्कासी बाटो पार गरेको थियो। स्कुटीलाई जोगाउने क्रममा आफूहरू सवार मोटर साईकल ठोक्किएर दुर्घटना भएको लामाले बताए।
भारतीय नम्बर प्लेटको स्कुटीसहित झापा बुद्धशान्ति ४ बस्ने तोयानाथ भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरि नायव उपरीक्षक टंक भट्टराईका अनुसार धुलाबारीमा दुर्घटना भएको स्कुटी र सोका चालक भट्टराईलाई मेचीपुलबाट पक्राउ गरिएको हो। उनी भाग्दै थिए हामीलाई दुर्घटनाको खबर आएपछि खोजी गर्ने क्रममा उनलाई मेचिपुलबाट पारि तर्ने क्रममा पक्राउ गरिएको प्रनाउ भट्टराईले बताए।