कञ्चनपुरको महाकाली नदीमा चार लेनको पुल बन्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पुलको शिलान्यास गरेका छन्।
सदरमुकाम भीमदत्तनगरदेखि पाँच किलोमिटर दक्षिणमा बन्न लागेको सो पुलले महाकाली पारिका गाउँ चाँदनी दोधारालाई जोड्ने छ।
सडक विभागका महानिर्देशक गोपाल सिग्देलले पुलले चाँदनी दोदोधराका साथै भारतसँग पनि नेपाललाई जोड्ने बताए।
आठ सय मिटर लम्बाइ रहेको उक्त पुलको ठेक्का कुमार सीएफईसी जेभीले पाएको छ।
तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको पुल बनाउन सवा तीन अर्ब रुपैयाँ खर्च हुनेछ।