१५ किलोग्राम अवैध सुनसहित सात जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरोले काठमाडौंमा चीनबाट ल्याइएको १४ किलो अवैध सुनसहित तीन जनालाई र जनकपुरबाट १ किलो सुनसहित चार प्रक्राउ गरेको हो।
ब्यूरो प्रमुख डिआईजी पुष्कर कार्कीका अनुसार बुधबार साँझ टोखामा पेम्बा दोर्जे शेर्पाको डेराबाट १४ किलो सुन बरामद गरेको हो। उनीसँगै थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। ‘चीनबाट ल्याएर भारत लैजान लागेको सूचना पाएर ब्यूरो टोलीले छापा हान्दा सुन फेला परेको हो,’ डिआइजी कार्कीले भने, ‘उनीहरूले ल्याएको केही सुन काठमाडौंमै विक्री गरेको र २ किलो भारत पठाएको खुल्न आएको छ।’
त्यस्तै ब्यूरोको टोलीले जनकपुरबाट पनि १ केजी अवैध सुनसहित चार जनालाई पक्राउ गरेको कार्कीले जानकारी दिए।