राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।
जसमा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए।
त्यसै गरी आंशिकतर्फ एक लाख २३ हजार १२१ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।
परीक्षा गत वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । बोर्डले गत साउन २० गते कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशन गरेको थियो ।
यसरी हेर्न सकिन्छ नतिजाकक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको
www.moe.gov.np,राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको
www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।
यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।