नेपाल अडिटर्स एशोसिएशन (अडान) ले गैर लेखाव्यवसायीहरुको अनाधिकृत काम रोक्न माग गरेको छ ।
लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनधिकृत रुपमा काम गरेकाले लेखा व्यवसाय प्रति लाग्ने गरेको आरोप प्रति प्रतिवाद गर्दै गैर लेखाव्यवसायीहरुको त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न सम्बद्ध निकायसंग माग गरेको हो ।
एशोसिएशनको केन्द्रीय कार्यसमितिको बैठकले देशभरि रहेका सबै लेखापरीक्षकहरुलाई त्यस्तो कार्य गर्ने विरुद्ध सचेत रहन समेत अपिल गरेको छ ।
बैठकले संंविधान कार्यान्वयनको क्रममा घोषित प्रादेशिक संसद र केन्द्रिय संसद निर्वाचनको स्वागत गर्दै निर्वाचनको वातावरण निर्माण गर्न माग गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेट्स ऐन तथा नियमावलीमा सदस्यहरुमा विभेद रहेकोले यस्तो विभेद नेपालको संबिधानको भावनासंग बाझिएकोले यस्ता बाझिएका सम्पुर्ण प्रावधानहरु खारेज गरी उक्त संस्थामा दर्तावाला लेखापरीक्षकहरुका सम्बन्धमा समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गर्न सम्बद्ध निकायहरुसंग वैठकले जोडदार माग गरेको छ ।