युवाहरुको समूह ‘राम्रो ख’ ले बाढीपीडित बालबालिकालाई सहयोग गर्न ‘बालबालिकालाई तपाईंको सहयोगको आवश्यकता’ नामक कार्यक्रम आयोजना गरेको छ।
समूहले जनकपुरको श्री शंकर जनता उच्च माध्यमिक विद्यालयका पीडित बालबालिकाका निम्ति सहयोग कार्यक्रम गरेको हो।
गत साता ललिपुरको लबिम मलमा आयोजित कार्यक्रममा नाच, गायन, बिट बक्सिङ प्रस्तुतिका साथै हस्तकला सामग्री बिक्री गरिएको थियो। यसबाट संकलित रकमले विद्यार्थीका लागि ४ वटा कम्प्यूटर र किताबहरु उपलब्ध गराउने चीनमा अध्ययनरत समूहका सदस्य शिशिर कर्णले जानकारी दिए।
कार्यक्रम मार्फत् २८ हजार रुपैयाँ र चिनियाँ विद्यार्थीमार्फत् ७ हजार ५ सय रुपैयाँ संकलन भएको पनि समूहले जनाएको छ।