मेक्सिकोको पिपिजियापानमा ८.१ म्याग्निच्यूडको भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म तीन जनाको मृत्यु भएको छ।
अमेरिकी जिओलोकिजल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पिपिजियापान सहरबाट ८७ किलोमिटर दक्षिण–पश्चिम क्षेत्र हो।
जमिनको सतहभन्दा ७० किलोमिटर मुनिबाट भूकम्पको तरंग सुरु भएको सर्भेले जनाएको छ। उक्त भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो।
मेक्सिको सहरमा समेत महशुस भएको कम्पनपछि मेक्सिको, ग्वाटेमाला, एल साल्भाडर, कोस्टारिका, निकारागुआ, पनामा र होन्डुरसमा सुनामी आउनसक्ने भन्दै सर्तक रहन सूचना जारी गरिएको छ।