मेक्सिकोको पिपिजियापानमा गएको ८.१ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १२ जनाभन्दा बढीको मृत्यु भएको छ। मृतकको संख्या अझै बढिरहेको र कयौं अरू घाइते भएका अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
अमेरिकी जिओलोकिजल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु पिपिजियापान सहरबाट ८७ किलोमिटर दक्षिण–पश्चिम क्षेत्र हो।
जमिनको सतहभन्दा ७० किलोमिटर मुनिबाट भूकम्पको तरंग सुरु भएको सर्भेले जनाएको छ। उक्त भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो।
मेक्सिको सहरमा समेत महशुस भएको कम्पनपछि मेक्सिको, ग्वाटेमाला, एल साल्भाडर, कोस्टारिका, निकारागुआ, पनामा र होन्डुरसमा सुनामी आउनसक्ने भन्दै सर्तक रहन सूचना जारी गरिएको छ।