आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुसको मस्कोमा लगिदिने भनी दुई व्यक्तिबाट रकम उठाई अलपत्र पार्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत देहरादुन घर भई काठमाडौँ, हाँडीगाउँ बस्ने सुरजलाल जोशीले दाङ धनौरी घर भएका वसन्त बस्नेत र दंगीशरण बस्ने कमल ओलीलाई मस्को पठाइदिने भनी १० लाख ७० हजारका दरले दुई जनाबाट २१ लाख ४० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
उनले पीडित दुई जनालाई गत वर्ष जेठ २१ गते भारतको दिल्लीमा निज सुरजलाल जोशीले लिन पठाएका एकजना दलाल व्यक्तिले दिल्लीबाट युक्रेन हुँदै हंगेरीको बोर्डरमा पु¥याएका थिए । अलपत्र परेका उनीहरु ६ महिनापश्चात् नेपाल फर्की पीडक जोशीविरुद्ध मुद्दा हालेका थिए ।
सो पश्चात् महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जोशीलाई सोमबार टेकुबाटै पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँमा पठाएको हो । रासस