आगोले जलेर गम्भीर घाइते भएकी पोखरा लेखनाथ महानगरपालिका–१ बगरकी अनिता धौलाकोतीको उपचारका लागि जापानमा रहेका नेपालीबाट ७० हजार ९०० रुपैयाँ सहयोग प्राप्त भएको छ ।
रोजगारीका सिलसिलामा जापानमा रहेका सागर गुरुङको सक्रियता संकलित सो रकम उनका भाइ योगेशले घाइतेका श्रीमान् सन्तोषलाई शुक्रबार हस्तान्तरण गरे।
स्टोभमा पम्प दिँदै गर्दा अचानक मट्टीतेलसँगै उछिट्टिएर आएको आगोले १७ वर्षीय अनिताको शरीरमा पर्दा छाती, ढाड र हातको भाग जलेर गम्भीर घाइते भई हाल सुष्मा कोइराला मेमोरियल हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ ।
जलेको भागमा छालाको शल्यक्रिया सम्पन्न भएको । अहिले नियमित थेरापी गरिरहेका र अवस्था सुधारका क्रममा रहेकाले छिट्टै निको हुने चिकित्सकले बताएको घाइते धौलाकोतीले बताइन्। । धरानका सन्तोष धौलाकोती र म्याग्दीका अनिता बस्नेतले दुई वर्षअघि प्रेम विवाह गरेका हुन् । रासस