सुशासनका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाको दक्षता अभिवृद्धिका लागि सञ्चालित तालिम आज यहाँ सम्पन्न भएको भएको छ ।
नेपाल सहभागितामूलक कार्य समूह (नेपान)द्वारा आयोजित श्रोत परिचालन र आर्थिक दिगोपन तालिममा देशभरिका १४ सामुदायिक संस्था र तीनवटा तिनका सहयोगी संस्था गरी १७ वटा संस्थाका ३१ जनाको सहभागिता थियो ।
युएसआइडी, एफएचआइको आर्थिक सहयोगमा सामाजिक जवाफदेहिता कार्यक्रमअन्तर्गत चार दिनसम्म सञ्चालन भएको तालिमको प्रमुख प्रशिक्षकका रुपमा उत्तम उप्रेती थिए भने अन्य प्रशिक्षकमा महेश शर्मा, डा भोला दाहाल, गोविन्द पौडेल, रत्नबाबा तन्डुकार र पूर्ण चेम्जोङ्ग थिए।
समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै नेपानका अध्यक्ष चेतनाथ कँडेलले यस किसिमको तालिमले स्थानीयस्तरमा सुशासन कायम गर्न धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे।
समापन कार्यक्रममा नेपानका कार्यकारी निर्देशक फटिक थापाले यस किसमका तालिमको प्रभावकारिता निकै रहेकाले आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताए । रासस