सरकारले उपचारमा लापरबाही गर्ने डाक्टरलाई क्षतिपूर्ति तिराउने गरी कानुन बनाउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिकित्सकहरूले उपचारका क्रममा कुनै बिरामीको ज्यान गएमा वा घाइते भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी विधेयक निर्माण गर्ने निर्णय गरेको हो।
साथै विधेयक निर्माणका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा अस्पताल र चिकित्सक उम्कन थालेपछि सरकारले कानुन ल्याउन लागेको हो।
चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान जाँदा आफन्तहरूले अस्पतालमा तोडफोड र नाराबाजी समेत गर्दै आएका छन्। बिरामीको परिवारको नाराबाजीपछि मात्र केही अस्पतालले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिने गरेका छन्।
डाक्टरको लापरवाहीका कारण दृष्टिविहीन भएको उदाहरण समेत छन्।
हेर्नुहोस्:
त्यस्तै पलङबाट लड्दा खुट्टा मर्किएको बिरामीलाई चिकित्सकले गलत औषधि दिँदा बिरामीको मृत्यु भएको थियो।
हेर्नुहोस्: