सूचना तथा सञ्चार मन्त्रालयको प्रेस सल्लाहकारमा सिन्धुपाल्चोकका सिबी खड्का नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई सो पदमा नियुक्त गरेको हो । सिन्धुपाल्चोक, साविक कालिका गाविसमा २०३२ सालमा जन्मनुभएका खड्का २० वर्षदेखि नेपालको पत्रकारिता क्षेत्रमा क्रियाशील छन्।
‘तरुण’ साप्ताहिक, ‘गतिविधि’ साप्ताहिकलगायतमा संलग्न खड्काले यसअघि ऊर्जा, भौतिक तथा पूर्वाधार एवं सहरी विकास मन्त्रायमा समेत सञ्चार सल्लाहकारका रुपमा कार्यसम्पादन गरिसकेका छन्। उनी समाजशास्त्र विषयमा स्नातकोत्तर हुन्। रासस