यस वर्षको दसैं नवरात्र सुरू भइसकेको छ। असोज ५ गतेबाट सुरू भएको नवरात्र असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ। असोज ११ गतेबिहान ७ बजेर ३१ मिनेटमा फूलपातीको साइत छ। यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस असोज १२ गते बिहीबार महाअष्टमी छ र, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ ।
असोज १३ गते शुक्रबार महानवमी र असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ छ।
असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमापछि दसैं समापन हुन्छ ।